मतपत्रको कारण निर्वाचन सर्दैन : कांग्रेस नेता खाँड | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाण्डौँ, १० कार्तिक । नेपाली कांग्रेसले मत पत्र लगायत कुनैपनि कारणले निर्वाचन नसर्नेमा विश्वस्त हुन सबैलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस निर्वाचन प्रचार समितिले शुक्रबार वालुवाटारमा पत्रकार सम्मेलन गरी निर्वाचनको सुनिश्चिततामा ढुक्क रहन आग्रह गरेको हो । निर्वाचन गराउने दायित्व र जिम्मेवारी निर्वाचन आयोगको भएको भन्दै कांग्रेसले त्यसका लागि आवश्यक साधन स्रोत, जनशक्ति र सुरक्षा दिन सरकार तयार रहेको स्पष्ट पारेको छ ।

निर्वाचन प्रचार समितिका संयोजक समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँडले घोषित मितिमै निर्वाचन सम्पन्न गराउनुपर्छ भन्नेमा सरकारको प्रतिवद्धता र नेपाली कांग्रेसको धारणा रहेको स्पष्ट पारे ।

नेपाली कांग्रेसले निर्वाचन सार्न खोजेको भन्दै वामगठबन्धनमा रहेका दलले आरोप लगाईरहेका बेला कांग्रेसले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);