चुनाव सार्ने कुरा नगरौँः नेता बस्नेत | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

भक्तपुर, १० कार्तिक। एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचान तोकिएको समयमा नभए अनिष्ट हुने चेतावनी दिएका छन् । पूर्व उद्योग मन्त्री समेत रहेका बस्नेतले निर्धारित समयमा चुनाव भएन भने देशमा द्वन्द्व छाउने चेतावनी दिएका हुन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशले कोल्टो फेर्ने भएकाले मतपत्र विवादको कुरा निकालेर चुनाव रोक्ने कुरा ननिकाल्न आग्रह गरेका छन्।

एमालेले प्रतिनिधिसभा तर्फ भक्तपुर क्षेत्र नं। २ प्रदेशसभा तर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने दाबी गरेका उनले मध्यपुर थिमीमा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

नेता बस्नेतले प्रतिनिधिसभामा निर्वाचित भएपछि भक्तपुरलाई सम्बृद्ध बनाउने योजना आफूसँग भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);