वाम गठबन्धनबाट चित्त नदुखाउन कांग्रेसलाई प्रचण्डको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाण्डौँ, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले वाम गठबन्धनले कांग्रेसलाई एकताबद्ध हुन गुन लगाएको भन्दै चित्त नदुखाउन आग्रह गरेका छन् ।

पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन् । उनले आफूले पहिले कांग्रेससँगै गठबन्धन गरेर गुन लगाएको र अहिले वाम गठबन्धनबाट कांग्रेसलार्इ एक हुन प्रेरणा मिलेको बताए ।

वाम दलहरुबीच भएको गठबन्धनकै कारण फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत कांग्रेसमा प्रवेश गरेको उदाहरण दिँदै प्रचण्ले कांग्रेसलाई वाम गठबन्धनबाट चित्त नदुखाउन सुझाव दिएका हुन् ।

सोही कार्यक्रममा प्रचण्डले गठबन्धनको सिट बाँडफाँटको काम ९० प्रतिशत सम्पन्न भएको भन्दै आजै टुंगो लगाइने बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);