मोरङ ६ मा २ वरिष्ठको भिडन्त, कस्ले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा हेभिवेटको विशेष भिडन्त हुने भएको छ। नेपाली कांग्रेसले पार्टीका प्रभावशाली नेता डा. शेखर कोइरालालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ। यता एमाले र माओवादीको वाम गठबन्धनले आधिकारीक उम्मेदवार नतोकेपनि एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितलाई उम्मेदवार बनाउने लगभग निश्चित भइसकेको छ।

कांग्रेसका लोकप्रिय नेता शेखर र एमालेका लोकप्रिय नेता लालबाबु चुनावी मैदानमा होमिएको अवस्थामा मोरङ ६ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ। मोरङको क्षेत्र नम्बर ६ मा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४ देखि ७ तथा ९, ११ र १२ वडा पर्छन्।

यस क्षेत्रमा भर्खरै सम्पन्न स्थानीय निकाय निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको १९ हजार ७६० छ भने एमालेको १७ हजार ९८२ छ। पछिल्लोपटक भएको गठबन्धनकारी दलहरुको मत जोड्ने हो भने नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा ३५ हजार र एमाले नेतृत्वको वाम गठबन्धनको पक्षमा २६ हजार बढी मत रहेको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);