कांग्रेसलाई कमजोर ठाने अबको सरकारको आयु १८ महिना मात्रः नेता चन्द्र भण्डारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुटवल, २७ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारीले बहुमतको आढमा कांग्रेसलाई कमजोर नठान्न आग्रह गरेका छन्। उनले कांग्रेसलाई कमजोर ठानेर वाम सरकार अगाडि बढेमा वामको आयु छोटो हुने दाबी गरेका छन्।

बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले कांग्रेसले चुनावमा हारे पनि उसको क्षमतामा कत्ति पनि ह्रास नआएको बताए। उनले अबको वाम सरकार स्थिर नहुने र कांग्रेसलाई सामान्य ठानेर अघि बढ्दा वाम सरकारको आयु बढिमा १८ महिना हुने दाबी गरेका छन्।

उनले आफ्नो पार्टीको समेत कमजोरी औल्याएर पार्टीका तत्कालिन सभापति सुशील कोइरालालाई संविधान जारी गरेपछि पुनः प्रधानमन्त्रीमा उठाएपछि नै काग्रेसको कमजोरी शुरु भएको दाबी गरे ।

भारतले नाकाबन्दी गर्दा पार्टीले त्यसको प्रतिवाद गर्न नसक्नु, पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्रयाउने प्रस्तावमा समर्थन गर्नु र माओवादीका नेता कार्यकर्ता वाम गठबन्धनमा धेरै ईमान्दार बनेका कारण कांग्रेसले हार व्यहोर्नु परेको र आफुपनि त्यसैको शिकार भएको उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);