निर्वाचन प्रचार सामग्री हटाउन स्थानीयबासीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्वाचन प्रचार सामग्री हटाउन स्थानीयबासीको आग्रह

काठमाडौं, २७ मंसिर । काठमाडौं महानगरपालिका भित्रका निर्वाचन प्रचार सामग्री हटाउन सम्बन्धित राजनीतिक दलहरुलाई स्थानीयबासीले आग्रह गरेका छन ।

स्थानीय बासीले निर्वाचन प्रचार सामग्रीले काठमाडौं महानगरपालिका कुरुप भएको उल्लेख गर्दै तत्काल हटाउन सम्बन्धित राजनीतिक दलहरुलाई आग्रह गरेका हुन ।

निर्वाचनका बेला सडकमा टाँसिएका प्रचार सामग्री हटाउने दायित्व सम्बन्धित दलहरुकै भएको पनि महानगरबासीको भनाई छ । महानगरपालिकामा गत मंसिर २१ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचार सामग्रीले कुरुप बनाएको छ । सडक भित्तामा विजुलीको पोलहरुमा समेत टाँसिएका प्रचार सामग्रीले सडक, गल्ली झनै फोहोर हुन गएको पनि स्थानीयले बताएका छन् ।

निर्वाचन सकिएपछि पनि राजनीतिक दलहरुले निर्वाचन प्रचार सामग्री हटाउन चासो नदिएपछि महानगरबासीहरु आफैले राजधानी सहरको सौन्दर्य बिग्रन नदिन पनि राजनीतिक दलहरुले निर्वाचन प्रचार सामग्री हटाउनुपर्ने बताएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);