काठमाडौंमा आचारसंहिता विपरित टाँसिएका प्रचार सामग्री हटाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, ८ मंसिर । निर्वाचन आयोगले काठमाडौंमा निर्वाचन आचारसंहिता विपरित टाँसिएका प्रचार सामग्री हटाउन सुरु गरेको छ । निर्वाचन आयोगले काठमाडौंको विभिन्न भागमा अनुगमन गरी निर्वाचन आचारसंहिता विपरित टाँसिएका प्रचार सामग्री हटाउन शुक्रबारबाट सुरु गरेको हो ।

आयोगका निर्वाचन आयुक्त सुधीरकुमार शर्मा नेतृत्वको टोलीले शुक्रबार काठमाडौंको विभिन्न भागमा अनुगमन गरी निर्वाचन आचारसंहिता विपरीतका निर्वाचन प्रचार सामग्री हटाउन सुरु गरेको छ ।

अनुगमनका क्रममा चावहिलस्थित गणेशस्थान पुगेको टोलीले निर्वाचन आचारसंहिता विपरित काम गर्ने सम्बन्धित पार्टीका उम्मेदवारलाई सचेत गराउने जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन स्थलगत अनुगमनको कामलाई तीव्रता दिएको छ । आसन्न प्रदेशसभा र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन आईतबार र दोस्रो चरणको निर्वाचन आगामी मंसिर २१ गते हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);