दुर्घटना न्यूनीकरण गर्न होर्डिङ बोर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दुर्घटना न्यूनीकरण गर्न होर्डिङ बोर्ड

dadheladhura trafic sahayog hoding bord

विमल जैरु

डडेल्धुरा, १६ असोज । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरणका लागि डडेल्धुरा जिल्लाका स्थानीय तह जुटन थालेका छन् । डडेल्धुराका आलिताल र गन्यापधुरा गाउँपालिकाले जनचेतनामूलक सन्देशहरु लेखिएका होर्डिङ बोर्डहरु ट्राफिकलाई हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण गरिएका होर्डिङ बोर्डहरुले दुर्घटना न्युनीकरणमा मद्धत गर्ने उनीहरुको विश्वास छ । चाडपर्वको समयमा सवारी दुर्घटनाको संख्यामा वृृद्धि हुन थालेपछि न्युनीकरणका लागि विभिन्न जनचेतनामूलक सन्देश सहितका होर्डिङ बोर्डहरु निर्माण गरेर ट्राफिकलाई हस्तान्तरण गरिएको बताइएको छ । आलितार गाउँपालिका र गन्यापधुरा गाउँपालिकाले ट्राफिक जनचेतनाका सूचना जानकारी लेखिएका होर्डिङ बोर्ड लगायत समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यले होर्डिङ बोर्डहरु हस्तान्तरण गरिएको जनाएका छन् ।

जनचेतनामूलक होर्डिङ बोर्डहरू राजमार्गहरूको संवेदनशील स्थनामा राख्ने कार्यभइरहेको छ । यसले सवारी चालकहरु तथा यात्रुहरुलाई सचेत गर्ने भएकाले दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ ।

ट्राफिक नियमको पालना गरौँ, गाडी विस्तारै हाकौँ, झुण्डियर वा छतमा यात्रा नगरौँ, मापसे गरी सवारीका साधन नहाकौँ लगायतका सन्देश लेखिएका होर्डिङ बोर्डहरु सम्भावित सवारी दुर्घटना क्षेत्र लगायत सडक छेउमा राखिएका छन् । जोखिम यात्रा नगरौ भन्ने ट्राफिक सचेतनाका सन्देश लेखिएका बोर्ड राखेपछि चालकहरु पनि खुशी भएका छन् ।

यसरी स्थानीय सरकारहरुले ट्राफिक प्रहरीसँग हातेमालो गरेर जनताको सुरक्षाका लागि दुर्घटना न्युनीकरणमा सहयोग गर्नु सकारात्मक पहल हो । यस्तो पहल प्रभावकारी हुन सकेमा अरु स्थानीय निकायहरुका लागि राम्रो शिक्षा बन्न सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);