पाल्पामा एक साताको लागि निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

पाल्पामा एक साताको लागि निषेधाज्ञा जारी

पाल्पा । कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा निषेधाज्ञा जारी भएको छ । बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक सवारीसाधन, तरकारी, दुध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई भने सञ्चालन गर्न दिने जनाएको छ ।

बैठकले सार्वजनिक र नीजि सवारीसाधन सञ्चालनमा रोक लगाउने, सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने निर्णय गरेको छ ।

यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने, तर होटल र रेष्टुरेन्टले भने बिहान ६ बजेदेखि १० बजेसम्म टेकअवे सेवा सञ्चालन गर्न सक्ने निर्णय भएको छ । पाल्पामा पछिल्लो एक सातामा २ सय बढी सक्रिय सङ्क्रमित थपिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);