दशै सकिएलगतै राजधानी फर्कनेहरुको बसपार्कमा भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

दशै सकिएलगतै राजधानी फर्कनेहरुको बसपार्कमा भिड

buspark

नेपालगंज, ५ कात्तिक । दशै सकिएलगतै राजधानी फर्कनेहरुको नेपालगन्ज बसपार्कमा भिड लाग्न थालेको छ । बाँके, बर्दियाबाट दशै मानेर राजधानी फर्कनेहरु वसपार्क क्षेत्रमा अहिले विहानदेखि अवेर रातीसम्म भिड देखिने गरेको हो ।

दशै सकिएलगतै नेपालगन्ज बसपार्कमा राजधानी फर्कनेहरुको भिड लाग्न थालेको छ । राजधानी आउनका लागि चोक, गल्ली, होटल, बसपार्क क्षेत्रमा विहान देखि वेलुकासम्म यात्रुहरुको ठुलो चहलपहल भईरहेको छ । यात्रुहरुको चाप वढ्ने थालेपछि यातायात व्यवसायीले समेत अग्रिम टिकट बुकिङ्ग खुल्ला गरेका छन् । तर, यात्रुहरुको चापका कारण टिकट भने दुई दिन अघि नै सकिने गरेको छ ।

नेपालगंजबाट काठमाडौं छुट्ने बसहरुले कहिले काँही दुई/चार जना यात्रुहरु वोकेर राजधानी आउने समेत गरेको अनुभव छ । तर, चाडपर्वको वेलामा भरिभराउ यात्रुहरु देख्दा सवारी चालक समेत अहिले दंग छन् । चाडपर्वका वेलामा वस व्यवसायीहरुले सजिलै यात्रु पाउने भएपछि उनीहरु दंग हुनु पनि स्वभाविकै हो । तर, यता अग्रिम टिकट बुकिङ्ग र यात्रुको चाप वढेपछि यात्रुहरुले भने वसको टिकट पाउन मुस्किल परेको छ ।

दशै, तिहारको अवधिसम्म बाँकेको नेपालगन्ज बसपार्कमा राजधानी आवतजावतमा भीडभाड हुन देखिएपछि यातायात व्यवसायीहरुले थप बसको समेत व्यवस्था गरेका छन् । तर, पर्याप्त नभएको यात्रुहरुको गुनासो छ । त्यसैगरी, व्यवस्थापन पनि राम्रो नभएको यात्रुहरु बताउँछन् । यता, वस व्यवसायीहरुले व्यवस्थापन राम्रो भएको दावी गरेका छन् ।

दशै मानेर राजधानी फर्कनेहरु यतिबेला सार्वजनिक गाडीमा तानातान समेत देख्न सकिन्छ ।यातायात क्षेत्रमा भीडभाड बढेपनि सुरक्षा संवेदनशीलतामा भने ध्यान दिएको देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);