घटस्थापना देखि सोमबार सम्म उपत्यकामा भएका सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाए | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

घटस्थापना देखि सोमबार सम्म उपत्यकामा भएका सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाए

death body

काठमाडौं, ५ कात्तिक । घटस्थापना देखि सोमबार सम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा अशोज २४ गते घटस्थापना देखि कात्तिक ५ गते सोमबार बिहान सम्म भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाईते भएका छन् । यो बर्षको दशैमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ बर्ष यता कै सबै भन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनाको संख्या पनि ५ बर्ष यता २ सय ७२ वटा भएका छन् । गत बर्ष दशैको समयमा भएका १ सय ७७ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७३ ÷७४ मा १ सय ४६ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । साथै यस बर्षका दुर्घटनाहरु मुख्य शहरी क्षेत्रमा भन्दा उपत्यकाका काँठ क्षेत्रमा बढी भएको महाशाखाले जनाएको छ ।

यसैगरी ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी चलाएका १ हजार ७९ सहित ३ हजार ७ सय ३३ सवारी साधनलाई कारवाही गरेको छ । बढी भाडा लिएका ९ सय ५० बढी ट्याक्सी र बढी भाडा लिने लामो दुरीका सवारी चालक तथा विचौलिया २९ जनालाई प्रहरीले कारवाही गरेको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले दशै तिहार तथा छट पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाको १ सय १४ स्थानमा ६ सय ८७ जना जनशक्ति परिचालन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);