मध्यरातमा सवारी दुर्घटना हुँदा एकको मुत्यु, ३ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मध्यरातमा सवारी दुर्घटना हुँदा एकको मुत्यु, ३ जना घाइते

birgunj accident

वीरगञ्ज, १७ माघ । वीरगञ्जमा बिहीबार मध्यरातमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा का अनुसार दुर्घटनामा परी बाराको परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने १६ वर्षीय आकाश पटेलको मृत्यु भएको छ भने फेटा गाउँपालिका १ भलुही बस्ने १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज-१० रानीघाट बस्ने १६ वर्षीय सोनु साह र वीरगञ्ज-१० आदर्शनगर बस्ने १८ वर्षीय ओम पुरी घाइते भएका छन् ।

घाइतेमध्ये धिरेन्द्रको टाउकोमा चोट लागेको छ भने सोनुको हात भाँचिएको छ । उनीहरुलाई नारायणीमा प्रारम्भिक उपचारपछि पानी ट्यांकीस्थित न्युरो अस्पताल र अलि अर्थो अस्पतालमा लगिएको छ । सामान्य घाइते ओम उपचारपछि घर फर्किएका छन् ।

घण्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कारपियो गाडी मध्यराति साढे १२ बजेतिर मुर्लीचोक,नेपाल टेलिकम क्षेत्रिय कार्यालय सडकखण्डको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);