सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रजिअ गणेश भट्टराईलाई काठमाडौं ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रजिअ गणेश भट्टराईलाई काठमाडौं ल्याइयो

काठमाडौं, १३ माघ । बाराको पसाह खोला नजिकै भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि आइतबार काठमाडौं ल्याइएको छ । टाउकोमा गम्भीर चोट लागेर सिकिस्त भएका भट्टराईलाई आइतबार बिहान साढे ११ बजे हेलिकोप्टरबाट काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याईएको हो।

घाइते भएका बारा प्रमुख जिल्ला अधिकारी भट्टराई कर्मचारी मिलन केन्द्रले निजगढको हिरालाल भ्यु टावरमा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी भएर शनिवार फर्कदै थिए । फर्कने क्रममा भट्टराई चढेको ना १ झ १६३३ नम्बरको जीप पसाह खोलामा सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा भट्टराई चढेको गाढीमा सवार सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको शनिवारै मृत्यु भईसकेको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी उपरीक्षक पोखरेलका सुरक्षागार्ड सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, प्रमुख जिल्ला अधिकारी भट्टराईका सुरक्षा गार्ड शम्भु गुरुङ र चालक जगत पटेल रहेका छन् ।

दुर्घटनामा परेका चालक पटेल र प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्ड गुरुङको कुमको हड्डी भाँचिएको छ । घाइते तीनैजनाको वीरगंज हेल्थ केयर अस्पतालमै उपचार भइरहेको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

दुर्घटनाको कारण मादक पदार्थ सेवन गरिएको भनिएपनि यसको पृष्टि भने भईसकेको छैन । तर, सवारी दुर्घटना न्यूनीकरणको जिम्मेवार पाएका दुई सरकारी अधिकारीहरु यसको शिकार हुनुले घट्ना थप रहस्यमय बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);