प्रदेश २ लाई ६० प्रतिशत भन्दा बढि बजेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रदेश २ लाई ६० प्रतिशत भन्दा बढि बजेट

mahasetha

धनुषा, १३ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले आफुले प्रदेश–२ लाई करीब ६० प्रतिशत भन्दा बढि बजेट छुट्याएको बताएका छन् ।

शनिवार “द नेपाल टप”को प्रदेश कार्यालयको उद्घाटन गर्न जनकपुरधाम पगेका मन्त्री महासेठले यस्तो बताएका हुन् । उनले निजगढ स्थित अन्तराष्ट्रिय विमानस्थल, रेलमार्ग लगायतका लागि केन्द्र सरकारले प्रदेश–२ मा धेरै बजेट छुट्याएको बताए ।

मन्त्री महासेठले नेपालको एकमात्र रेल मार्ग जनकपुर–जयनगर रेलमार्गको लागि चाँडै २ वटा डेमो इन्जिन भएको ट्रेन किन्न लागिएको र त्यसको लागि नयाँ रेलको निमार्ण कार्य समेत शुरु भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);