सरकार संविधान र जनभावना विपरित अघि बढेको सभापति देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकार संविधान र जनभावना विपरित अघि बढेको सभापति देउवाको आरोप

sher bahadur deuwa

काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई खवरदारी गर्न सबैसंग आह्वान गर्नु भएको छ । बिहिबारबाट राजधानीमा शुरु भएको दलित अधिकारका लागि जनप्रतिनिधिको भूमिका बिषयक सम्मेलनमा सभापति देउवाले जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियान साकार पार्न पनि सरकारलाई सचेत गराउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सरकारका हरेक गतिविधि जनभावना र संविधान विपरित भएकाले जनतामा निराशा बढेर संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै भ्रम फैलिन सक्ने खतरा बढदै गएको बताउनुभयो । सभापति देउवाले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका सांसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाई लडनुपर्नेमा पनि जोड दिनु भयो । उहाँले जनभावना विपरित सरकारले ल्याएको राष्ट्रिय मानव अधिकार आयोग विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनि भएकाले आफ्नो पार्टीलाई मान्य नहुने अडान लिएको उल्लेख गर्नुभयो ।

सभापति देउवाले दलित विकास समिति खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भयो । उहाँले वर्तमान सरकार दलित समुदायको अधिकार सुनिश्चित गर्न गम्भिर नभएको आरोप पनि लगाउनु भयो । सम्मेलन शुक्रवार सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);