नौ वर्ष बित्दा पनि कोशी पीडितले राहत पाएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

अजितकुमार झा, कोशी, २ भदौ । नेपालको सबैभन्दा ठूलो कोशी नदीको पूर्वी तटबन्ध भत्किएको शुक्रबार नौ वर्ष पूरा भएको छ । कोशी बाँध फुटेको यति लामो समय बितिसक्दा पनि कोशीको पीडितहरुले भने पूर्णरुपमा राहत पाउन सकेको छैनन् ।

 

२०६५ साल भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध फुट्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिक रुपमा प्रभावित भए । तर, बाढीबाट पूर्णरुपमा विस्थापित भएकाहरु सरकारबाट पूर्णरुपमा राहत नपाउँदा अझै पूर्वावस्थामा फर्कन सकेका छैनन् ।

 

कोशी फुटेर गाउँ पस्दा ७ हजार पाँच सय ६३ परिवारका ४२ हजार सात सय ६५ जना विस्थापित भएका थिए । समस्या समाधानका लागि तत्कालीन सरकारले सांसद् नन्दनकुमार दत्तको संयोजकत्वमा २० सदस्यीय कोशी बाढीपीडित व्यवस्थापन उच्चस्तरीय कार्यदल पनि गठन गरेको थियो । तर, कार्यदलको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन नहुँदा समस्या जहाँको तहीँ छ । कोशीको भंगालोले खाल्डो–खाल्डो परेको क्षेत्रमा अझै खेतीपाती हुन नसकेको स्थानीय बताउँछन् ।

बाढीले उजाड बनाएको एक दशक पुग्दै गर्दा पीडितहरुको अवस्था दयनीय भएको छ । उनीहरुका बढो कष्टसाथ दैनिक जीवनयापन गरिरहेका छन् । प्राकृतिक विपत्तिबाट घर न बास भएकाहरुको उद्धार गरी जीविकोपार्जनको बाटो तय गरिदिने दायित्वबाट सरकार पन्छिन मिल्दैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);