लन्डनमा एनआरएनएकाे तेस्राे विश्व नेपाली स्वास्थ्य सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लन्डनमा एनआरएनएकाे तेस्राे विश्व नेपाली स्वास्थ्य सम्मेलन


एजेन्सी । गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आयाेजनामा शनिबार लन्डनस्थित नेपाली दूतावासमा तेस्राे विश्व नेपाली स्वास्थ्य  सम्मेलनको सुरु भएकाे छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट  संयुक्तरुपमा  उद्घाटन गरे।

राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको सुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली संघ तथा संसार भरिरहेका नेपाली स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।  

एनआरएनएका महासचिव डा. हेम राज शर्माले विदेशका रहेका नेपालीहरूमा प्रशस्त सम्भना रहेको बताउँदै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएर सकृय हुन आग्रह गरे । शर्माले संघ कोरोना महामारीमा बिदेशमा अलपत्रमा परेका नेपालीहरूको उद्धारमा खटिएको बताए ।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना  गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिए । महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने उनले जानकारी दिए ।

उनले सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने तथा ५० भन्दाबढी कार्यशाला सञ्चालन गरी समूहगत छलफल हुने जानकारी दिए । सम्मेलन आइतबार साँझ लन्डन घोषणापत्र जारी गर्दै समापन हुने छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);