गैरआवासीय नेपाली संघले दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गैरआवासीय नेपाली संघले दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने भएको छ । एनआरएनएले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको हो ।

(एनआरएनए) संघका स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नका लागि तत्काल अक्सिजन सिलिन्डरलगायत समस्या रहेकाले अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्न सरकारलाई आग्रह समेत गरेका छन् ।

(एनआरएनए)ले सरकारका तर्फबाट स्वास्थ्योपचारमा पहल हुँदाहुदै पनि कोरोना भाइरस तीव्र रुपमा बढीरहँदा बिरामीले अस्पतालमा शैय्या समेत नपाउने अवस्था भएको चिन्ता व्यक्त गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);