नेपालमा लगानी गर्न चिनियाँलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपालमा लगानी गर्न चिनियाँलाई आग्रह

Nepal-china

काठमाडौं, १० चैत । चीनको बेइजिङस्थित नेपाली दूतावासले ‘नेपालका जलविद्युत् परियोजनामा लगानी अवसर’ विषयक एकदिने सेमिनार गरेको छ।

नेपाल र चीनका जलविद्युत् क्षेत्रमा कार्यरत वरिष्ठ व्यक्तिहरु उपस्थित सेमिनारमा नेपालमा जलविद्युत् क्षेत्रमा कसरी चिनियाँ लगानी बढाउन सकिन्छ भन्नेबारे छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

सेमिनारमा उ,र्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पठाएको सन्देश पढेर सुनाइएको थियो । पुनले नेपालमा जलविद्युत् विकासको ठूलो सम्भावना रहेको जनाउँदै लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरेका छन् । जलविद्युत् क्षेत्रमा चिनियाँ लगानी ल्याउन र सहकार्य गर्न नेपाल तयार रहेको पनि उनले सन्देशमार्फ जानकारी गराएका छन्।

सेमिनारमा चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले तीन चरणको निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थिरता र सुशासनतर्फ अघि बढेको बताएका थिए । सन् २०१८ बाट नेपाल सुशासन र स्थिरताको मार्गमा हिँड्न सुरु गरेको जानकारी उनले गराए।

नेपालले विदेशी लगानी भिœयाउन गरेको नीतिगत व्यवस्थाबारे चिनियाँ लगानीकर्तालाई जानकारी गराउँदै राजदूत पौडेलले चिनियाँ कम्पनी र लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेको दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । सेमिनारमा नेपालमा जलविद्युत् विकासबारे विभिन्न पावर पोइन्ट प्रस्तुत गरिएको थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);