काठेपुलको जोखिमपूर्ण यात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठेपुलको जोखिमपूर्ण यात्रा

kathe pul

हुम्ला, १० चैत ।  हुम्लाको विकट ताँजाकोट गाउँपालिका-३ मासपुरवासी कवाडी खोलाको अस्थायी काठेपुलको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। हुम्ला र बाजुराको सीमामा रहेको कवाडी खोलाको काठेपुल असारको बाढीले भत्काएपछि अस्थायी संरचना बनाइएको हो। पक्की पुल नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी परेका छन्।

मासपुरको वानादेव आधारभूत विद्यालयमा ३ कक्षासम्म मात्र पढाइ हुन्छ। माथिल्लो कक्षामा पढ्न गाउँदेखि २० मिनेटको दूरीमा रहेको छिमेकी जिल्ला बाजुराको बौडी जानुपर्ने बाध्यता रहेको वानादेव विद्यालयका शिक्षक रत्नलाल जैसी बताउँछन्। मासपुरबाट २५ जना बालबालिका कक्षा ४ देखि ८ सम्म अध्ययन गर्न त्यहाँ जान्छन्।

बाढीले पुल बगाएपछि झन्डै तीन महिना बालबालिका विद्यालय जानबाट वञ्चित भएको स्थानीय जोख्या बुढाले बताए।अहिले पनि पुलबाट यात्रा गर्न बालबालिका डराउँछन्। ‘काठेपुल तरेर विद्यालय जाँदा डर लाग्छ’, कक्षा ४ का विद्यार्थी लोकजन बुढाले भने। जिल्ला सदरमुकाम सिमकोटबाट पाँच दिनको पैदल यात्रामा पुगिने ताँजाकोट गाउँँपालिका भौगोलिक रूपमा विकट र विकास निकै पछि परेको छ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ल मासपुरमाथि राज्यले निकै अन्याय गरेको बताउँछन्। उनले आफ्नो कार्यकालमा शिक्षा र स्वास्थ्यमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);