मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

motercycle durghatana

काठमाडौं, ११ जेठ । टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुने स्थानीय मनोज दुलाल र पासाङ तामाङ हुन् भने दुवै मोटरसाइकल चालक रहेको छ।

बिहान ५ बजे बा ८५ प ५६६ र बा९१प ११८८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);