काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको काठमाडौं महनगरपालिका–३१ भिमसेनगोलास्थित भत्केको पुल मुनि काभ्रे घर भएका ३८ वर्षीय शुभास खड्का बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–१७ ग्वार्को डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ४५ वर्षीय मिल कुमार श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित बागमती खोलाको बिचमा  हाल पहिचान नखुलेकी करिब ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।  तीनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);