काठमाडौं । इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ईलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ वर्षीय सुनिल मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित सागरनाथ वन विकास प्रयोजना अन्तर्गतको जंगलमा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा सोमबार फेला परेकी छिन् ।
तीन जना मृत अवस्थामा फेला
ताजा समाचार
फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान
२ मिनेट अघि
पोखरा बसपार्कमा ग्राभेल सुरु
६ मिनेट अघि
पहिरोले डुम्रे-बेंशीसहर चामे सडक अवरुद्ध
८ मिनेट अघि
अभिनयबाट ब्रेक लिँदै नागार्जुन
१७ मिनेट अघि