रेडपान्डाको छालासहित एक व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

रेडपान्डाको छालासहित एक व्यक्ति पक्राउ

दाङ । सल्यानका एक व्यक्ति दाङमा प्रतिबन्धित बन्यजन्तु रेडपान्डाको छालासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका १ का ३२ वर्षीय लोकमान सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमबार मध्यान्ह करिब १२ बजेतिर घोराही उपमहानगरपालिका ११ खैराबाट प्रतिबन्धित रेडपान्डाको छाला सहित सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

खैरामा रेडपान्डाको छाला बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सुनारको साथमा रहेको झोलाबाट पुच्छर देखि टाउकोसम्म ३ फिट ३ इन्च लम्बाइ र छातिको भागको चौडाइ ८ इन्च भएको नङ्ग्रा सहितको रेडपान्डाको सुकेको एक थान छाला फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले सुनार प्रयोग गरेको रा ४ प ९८५० नम्बरको मोटरसाइकल पनि नियन्त्रण लिएको जनाएको छ । साथै उनी माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);