प्रथम चिकित्सा उद्दारकर्मी तालिम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रथम चिकित्सा उद्दारकर्मी तालिम सम्पन्न

पोखरा, १२ फागुन । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा यही फागुन ०९ गतेदेखि संचालन भएको प्रथम चिकित्सा उद्दारकर्मी तालिमको यही फागुन-१२ गते सम्पन्न भएको छ । 

जुनसुकै दुर्घटना पश्चात तत्कालै घटनास्थलमा प्रहरी पुग्ने भएपनि प्राथमिक उपचार सम्बन्धी ज्ञानको अभावले सम्भावित क्षती न्यूनिकरण गर्न कठिन पर्ने भएकाले प्रहरी कर्मचारीका लागि उक्त तालिमको आवश्यक्ता महशुस गरि उक्त तालिम सम्पन्न भएको हो । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको २०७७/७८ को वार्षिक कार्ययोजनाअनुसार मानवश्रोत व्यवस्थापन प्रणाली विकास योजना क्रियाकलापअन्तर्गत आवश्यकता अनुरुप सेवाकालीन तालिम विकास गरी कार्यान्वयन गर्ने उद्देश्यबमोजिम सम्पन्न भएको उक्त तालिममा सहभागी प्रहरी कर्मचारीहरुलाई प्रहरी नायव महानिरीक्षक अर्यालले बधाई सहित प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

प्रमाण पत्र बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रत्येक घटनामा पहिले पुग्ने प्रहरी कर्मचारीहरुलाई घाइतेको प्राथमिक उपचार सम्बन्धी ज्ञानको अभाव हुँदा घाइतेहरुलाई समयमै अस्पताल पुर्‍याए  पनि मृत्युका घटना बढिनै हुने भएकाले यस्ता तालिमहरुले दुर्घटनाबाट हुने क्षती न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म बाग्लुङका प्रहरी निरीक्षक सागर तिमिल्सिना सहितको टोलिले प्रदान गरेको उक्त प्रशिक्षणमा पोखरास्थित बिभिन्न प्रहरी कार्यालयहरुमा  कार्यरत ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);