नवलपुरमा एक दिवसीय अग्नि नियन्त्रण तालिम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नवलपुरमा एक दिवसीय अग्नि नियन्त्रण तालिम सम्पन्न

नवलपुर, २१ चैत । नवलपुरको सव–डिभिजन वन कार्यालय बिनयत्रीवेणी गाँउपालिका–१ को आयोजनामा एक दिवसीय अग्नि नियन्त्रण तालिम सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रममा सव–डिभिजन वन कार्यालय दुम्किबासका सहायक वन अधिकृत पुर्णचन्द्र डवाडी र वन अधिकृत अमृत ज्ञवालीले कार्यक्रममा प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रशिक्षक ज्ञवालीले नवलपुर जिल्लामा गत वर्ष वनमा आगलागी नियन्त्रण गर्न सकिएको भन्दै यस वर्ष पनि वन समिति उपभोक्ता सबैले आगलागी नियन्त्रणमा सहयोग पु-याउन आग्रह गरे ।

वनमा आगलागीको मुख्य समय सुरु भएको बेला कुनै पनि समयमा जंगलमा आगालागी भईहालेमा कसरी आगो नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा कार्यसमिति सदस्यहरुको दक्षताको लागि यस तालिमको आयोजना गरिएको ज्ञवालीले जानकारी दिए ।

साथै तालिमले वनमा आगो नियन्त्रणसंगै आगालागीबाट हुन सक्ने जोखिमलाई न्युनीकरण गर्न महत्वपुर्ण हुने उनले विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा सव–डिभिजन वन कार्यालय दुम्किबास अन्तर्गत १२ वटा सामुदायिक वनका कार्यसमिति प्रतिनिधि, वडा प्रतिनिधि , प्रहरी, शिक्षक, पत्रकार र विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);