४ जना सिकारी हतियार र मोटरसाइकल सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

४ जना सिकारी हतियार र मोटरसाइकल सहित पक्राउ

sikari pakrau

दाङ, १० वैशाख । डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले पश्चिम दाङबाट ४ जना सिकारीलाई हतियार सहित पक्राउ गरेको छ ।
मंगलबार दिउसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका-५ स्थित हात्तिखाल सामुदायिक वन क्षेत्रबाट ४ जना सिकारी, १ थान भरुवा बन्दुक र ४ वटा मोटरसाइकल सहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन् । वन्यजन्तु सिकारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सुकारी पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जादा वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका ४ जनालाई पक्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तिमा गएको थियो । वन क्षेत्रको ५ स्थानमा लुकेर जनावर मार्ने घाट बनाएको सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गरिएपछि थप सिकारी पक्राउ नपरेको ज्ञवालीले बतानुभयो। सहायक वन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा टोलीले सिकारीलाई पक्राउ गरेको र अरु सिकारीहरु समेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो ।

प्रहरी निरिक्षकको नेतृत्वमा ८ जना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए । त्यसैगरी वन कार्यालय यस अघि पनि दाङका विभिन्न स्थानबाट काठ चोरी तस्करी गर्ने १० जनालाई पक्राउ गरेको छ, ४ वटा गाडि र ४ सय क्युफुट काठ नियन्त्रण लिएको वन कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);