लेबनानका प्रधानमन्त्री हसन दियाबसहित मन्त्रिपरिषद्का सबै सदस्यले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लेबनानका प्रधानमन्त्री हसन दियाबसहित मन्त्रिपरिषद्का सबै सदस्यले दिए राजीनामा

एजेन्सी, साउन २७ । बेरुतमा गत मंगलबार राति भएको बिस्फोटको घटनाका कारण लेबनानका प्रधानमन्त्री हसन दियाबसहित मन्त्रिपरिषद्का सबै सदस्यले राजीनामा दिएका छन् ।

दियाबले सोमबार साँझ राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो ।

प्रधानमत्री दियाबले राजीनामा राष्ट्रपति माइकल आउनसमक्ष बुझाउनुभएको छ । यसअघि दियाब मन्त्रीमण्डलका अधिकांश सदस्यहरुले राजीनामा दिएका थिए ।

मंगलबार बेरुत बन्दरगाहमा गोदाममा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट बिस्फोटमा २ सय जनाको ज्यान जानुका साथै हजारौं घाइते भएपछि सरकारको राजीनामा माग गर्दै हिंस्रक प्रदर्शन भइरहेको थियो ।

लेबनानमा महिनौंको राजनीतिक गतिरोधपछि हसन दियाब गत जनवरीमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । देशवासीलाई सम्बोधनका क्रममा उहाँले देशलाई बचाउन एक रोडम्याप तयार गरे पनि भ्रष्टाचार आरोपका कारण आफूले त्यसलाई अघि बढाउन नसकेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);