चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु

woman dead

तनहुँ । तनहुँमा शुक्रबार बिहान चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु भएको छ ।

भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उनलाई चट्याङ लागेको हो । घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएको तिमल्सिनाले बताए ।

बिहान १० बजेर २२ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);