हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।

झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार गरेकाे प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);