लकडाउन उल्लंघन गर्ने प्रहरीले नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

लकडाउन उल्लंघन गर्ने प्रहरीले नियन्त्रणमा

traffice police

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान ६ बजेदेखि सुरु भएको लकडाउन बुधबार बिहान ८ बजे आइपुग्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ३ सय २ सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

अटेर गरी लकडाउन उल्लंघन गरी सञ्चालन गरेका सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाएर घरतर्फ नै फर्काएको जनाएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);