मन्त्रीलाई कालो झन्डा देखाउँदा राज्यविप्लवको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्रीलाई कालो झन्डा देखाउँदा राज्यविप्लवको मुद्दा

kalo jhanada

काठमाडौं, १७ भदौ । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ ।

बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । २ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गएको हो ।

बिहीबार बिहान ६ बजे हिरासतबाट जिल्ला अस्पताल पुर्याइएका उनलाई प्राथमिक उपचारपछि प्रहरीले दिउँसो नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगेको थियो ।,

यसरी लाग्यो राज्यविप्लवको मुद्दा
भदौ ७ गते । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव बर्दिया सदरमुकाम गुलरिया आएका थिए । कार्यक्रम सरकारी होइन, पार्टीको थियो । यादव प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । कार्यक्रमस्थल जिल्ला समन्वय समिति बर्दियाको सभाकक्ष फोरमका नेता–कार्यकर्ताले खचाखच भरिएको थियो ।

कार्यक्रम सुरु हुँदासम्म परिस्थिति शान्त थियो । तर, केहीबेरमै होहल्ला सुरु भयो । होहल्ला गर्नेमध्ये एक थिए– राममनोहर यादव । सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध उनीसहित केही कार्यकता कार्यक्रम बिथोल्न उपस्थित रहेछन् ।

बर्दिया प्रहरीले तत्काल नियन्त्रणमा लियो । कार्यक्रम बिथोलेर आतंक सिर्जना गर्न खोजेको आरोप लगाउँदै राज्यविप्लवको मुद्दा दायर गर्यो । बाँकेको जानकी गाउँपालिका–६ गनापुरका ३० वर्षीय राममनोहरसहित हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा एउटै कोठामा राखियो । राममनोहरको ज्यान गइसकेको छ, अरू हिरासतमै छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);