जनमोर्चाका ८ नेता कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

जनमोर्चाका ८ नेता कार्यकर्ता पक्राउ

janamorcha

प्रकाश नेपाल
पाल्पा, ३१ वैशाख । पाल्पा जिल्लामा प्रहरीले राष्ट्रिय जनमोर्चा नेपालका ८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि निषेधीत क्षेत्रमा भारतीय सीमा हस्तक्षेपका विरुद्ध विरोध गरेको अभियोगमा प्रहरीले बुधबार दिउँसो २ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।

लिपुलेक, लिम्पियाधुरा र कालापनी क्षेत्रमा भारतीय पक्षबाट नेपालको भूमी मिची सडक बनाएको विरोधमा नेपाल सरकारको ध्यानकर्षण गराउन शान्तिपूर्वक रुपमा विरोधमा उत्रिएका बेला प्रहरीले गिरफ्तार गरेको राष्ट्रिय जनर्मोचाका जिल्ला अध्यक्ष विशाल दर्लामीले बताउनु भयो । जिल्ला प्रशासन अगाडि विरोध गर्न नपाईने भन्दै नेपाल प्रहरी र शसस्त्र प्रहरीले रोक्न खोज्दा राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताले हामीले गृहमन्त्रालयलाई आफ्नो कुरा भन्न पाउनु पर्ने भन्दै भारत विरुद्ध नारावाजी गर्दा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो ।

पक्राउ पर्नेहरुमा राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रिय सदस्य सोम कुमार कार्की, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, जिल्ला सदस्य नर्मती सिंजाली,अखिल नेपाल युवक संंघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे, अखिल छैठौंका केन्द्रिय सदस्य सुदिप पौडेल, जिल्ला सदस्य विष्णु नेपाली र अखिल छैठौका जिल्ला सदस्य सुमन पौडेल रहेका छन् ।

पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । निषेधित क्षेत्रमा विरोध कार्यक्रम गरेकाले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनु भयो ।

ताजा समाचार