रेड पाण्डाको छाला सहित तीन जना सोलुखुम्बु प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रेड पाण्डाको छाला सहित तीन जना सोलुखुम्बु प्रहरीको नियन्त्रणमा

खोटाङ, ११ चैत । रेड पाण्डाको छाला सहित तीन जना सोलुखुम्बु प्रहरीको नियन्त्रणमा परेका छन् । जिल्लाको महाकुलुङ गाउँपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएका तीनै जनालाई सोलुखुम्बु प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

सात वटा रेड पाण्डाको छाला र पाँच वटा पासो सहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दिप चौहानको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका महाकुलुङ गाउँपालिका–२ का जगतबहादुर राई, वडा नम्बर–३ का कविर शंकर राई र सोही स्थानकै मितुरधन राई रहेका प्रहरीले जनाएको छ ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र भित्र गैह्र कानुनी रुपमा वन्यजन्तुको चोरी शिकारी गरि मार्ने, आखेटोपहार लुकाई छिपाई राखी खरिद बिक्री गर्ने तथा ओसार पसार गर्ने गरेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्र’हरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटुवालले बताउए ।

पक्राउ परेका तीनै जनालाई कानुनी कार्वाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइने जनाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार निजहरुलाई ५ लाख देखि १० लाखसम्म जरिवाना वा पाँच वर्ष देखि १५ वर्ष सम्म कैद सजाय या दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);