सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम

school

काठमाडौं, २३ मंसिर । स्थानीय तहहरूले सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यममा अध्यापन गराउने निर्णय गर्न थालेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

स्थानीय तहले मातृभाषामा शिक्षण गराउन विद्यालयलाई अनुमति दिन सक्ने प्रावधान रहे पनि अंग्रेजी माध्यममा पढाउन आकर्षित हुन थालेका हुन् ।

सामुदायिक विद्यालय र अभिभावकको मोह अंग्रेजी शिक्षामा बढे पनि विज्ञहरूले भने मातृभाषाको पठनपाठनमा जोड दिएका छन् ।

कम्तीमा कक्षा ३ सम्म बालबालिकाले घरमै बोल्ने भाषामा पढ्न पाउनुपर्ने उनीहरूको तर्क छ । अनिवार्य तथा निस्शुल्क शिक्षा ऐनले बालबालिकाले मातृभाषामा पढ्न पाउने अधिकार सुनिश्चित गरेको छ ।

मातृभाषाको सट्टा अंग्रेजीमा पठनपाठन गराउँदा शिक्षाको गुणस्तरसमेत खस्केको विज्ञहरूको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);