भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय: संसद्लाई थाहै छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय: संसद्लाई थाहै छैन

samsadh

काठमाडौं, २३ मंसिर । सरकारले संघीय संसद्सँग सहमति नलिई उसका नामको जग्गामा मन्त्री निवास बनाउने निर्णय गरेको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

मन्त्रिपरिषद् बैठकले मन्त्री निवास बनाउने निर्णय गरेको भैंसेपाटीस्थित १ सय ४९ रोपनी ४ आना जग्गा संसद् सचिवालयको नाममा छ ।

‘मसँग कुनै सल्लाह भएको छैन, एकाएक यो निर्णय सुनें,’ सभामुख कृष्णबहादुर महराले भने, ‘यो निर्णयप्रति सांसदले पनि आपत्ति जनाएका छन् । यदि यो ठाउँमा अरूका लागि आवास बनाउने हो भने सांसदका लागि अर्को विकल्प दिनुपर्‍यो । विकल्प हुँदैन भने त्यहाँ सांसद आवास नै बन्नुपर्छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);