कांग्रेस विधानः एकीकृत मस्यौदा बनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कांग्रेस विधानः एकीकृत मस्यौदा बनाइँदै

nepali congress

काठमाडौं, २३ मंसिर । कांग्रेसको प्रस्तावित विधान मस्यौदा परिमार्जन गरी एकीकृत रूप दिन शीर्ष नेताहरूबीच अनौपचारिक संवाद सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

केन्द्रीय कार्यसमिति बैठकमा दस दिन चलेको छलफलबाट फरकफरक मत आएपछि एकीकृत मस्यौदा बनाउन पहल थालिएको हो ।

आइतबार अनौपचारिक संवाद गर्ने र सोमबार बैठक बस्ने तय भएको केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए । पार्टीभित्र थप ध्रुवीकरण हुन नदिन संस्थापन र इतरपक्षका चासो सम्बोधन गरेर एकीकृत मस्यौदा महासमिति बैठकमा लैजाने तयारी छ ।

शनिबारको बैठकमा सभापति शेरबहादुर देउवाले लोकप्रिय हुने नाममा काम गर्न नसक्ने गरी विधान बनाउन नहुने धारणा राखेका थिए । उनले केन्द्रीय कार्यसमितिमा आएका सुझाव समावेश गरी सहमतिकै आधारमा विधान तयार पार्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);