एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं, २ मंसिर । सत्तारुढ दल एकीकृत समाजवादीले सचिवालय बैठक आज बोलाएको छ । पार्टी कार्यालयमा साढे ११ बजे बैठक बोलाइएको हो ।

आज बस्ने बैठक समाजवादीको ७०औं सचिवालय बैठक हो । बैठकमा २ महिने संगठन निर्माण अभियानबारे छलफल हुने जनाइएको छ ।

एकीकृत समाजवादीले माघको १४ र १५ गते विधान मस्यौदामाथि छलफल गर्ने गरी केन्द्रीय परिषद् बोलाउने तयारी गरेको छ ।

उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको विधान मस्यौदा समिति पनि बनाएको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);