राप्रपाको मञ्चमा सिपी मैनालीले गरे राजाको तारिफ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राप्रपाको मञ्चमा सिपी मैनालीले गरे राजाको तारिफ

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले २००७ सालयता मुलुकमा बाह्य हस्तक्षेप भित्रिएको बताएका छन् । भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले २००७ सालबाट सुरु भएको बाह्य हस्तक्षेप २०४६ सालपछि निकै बढेको बताए । 

तर, बाह्य हस्तक्षेपलाई तत्कालीन राजा महेन्द्र र वीरेन्द्र शाहले अन्त्य गरे पनि अहिलेका नेताहरू बोल्नसमेत नसकेको उनको भनाइ छ । पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालमा बाह्य हस्तक्षेप अचाक्ली बढे पनि नेताहरू बोल्न नसकेको भन्दै उनले भने, ‘यसबाट देशलाई मुक्त गराउन अब देशभक्त एकजुट हुनुपर्ने भएको छ । देशभक्त एक ठाउँमा उभियौँ । देशको जल्दाबल्दा समस्या समाधान भने जुनसुकै विचारधाराका भए पनि एक ठाउँमा हौँ ।’

माओवादी युद्ध असफल भएको टिप्पणी गरेका उनले अहिले नेपालमा भारतीय र युरोपियन युनियनको हस्तक्षेप बढेको बताएका हुन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);