सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजकाे बजार भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजकाे बजार भाउ

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेर ९० हजार ६ सय रुपैयाँ नै कायम भएको हो । 

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार दुई सय ४५ रुपैयाँ कायम भएको छ । 

चाँदीको मूल्य पनि आज स्थिर रहेर प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ४२ रुपैयाँ तोकिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);