सुनको मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडाैं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले घटेर ८८ हजार नौ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

आज छापावाल सुन प्रति १० ग्रामको मूल्य ७६ हजार दुई सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुनमा प्रतितोला ८८ हजार चार सय ५० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७५ हजार आठ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य एक हजार एक सय ५५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार पनि सोही मूल्य कायम भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);