सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्वको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्वको आदेश

१ फाल्गुन, काठमाडौं । सर्वोच्व अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्वको आदेश

 १ फाल्गुन, काठमाडौं । सर्वोच्व अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । 

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले चन्दलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  सर्वोच्चले सबै डिआईजीको कार्य सम्पादन मुल्याङ्कन विवरण र चन्दलाई महानिरीक्षक बनाउने निर्णयको फाइल समेत झिकाउन निर्देशन दिएको छ ।

त्यस्तै छलफलका लागि सर्वोच्चले दुबै पक्षलाई बोलाएको छ । अधिवक्ता कपिलदेव ढकालले शुक्रबार चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

महानिरीक्षकका लागि वरियता क्रममा पहिलो नम्बरमा रहेका नवराज सिलवाल र तेस्रो नम्बरका चन्दबीच होडबाजी चलेकै बेला ढकालले रिट दायर गर्नुभएको थियो ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);