कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

बिहिवार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । आदेशमा १० दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनिएको छ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय र सभापति शेरवहादुर देउवाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरि मैनालीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतको पूर्ण इजलासले प्रहरी नायव महानीरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय खारेज गर्दै चार वर्षको कार्य मूल्यांकनमा पहिलो नम्बरमा परेकालाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो  । कांग्रेसले भने सर्वोच्चको यो आदेशलाई सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप भएको भन्दै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);