सशस्त्र प्रहरीको ५ वटा बोडर आउट पोष्टको एकसाथ उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सशस्त्र प्रहरीको ५ वटा बोडर आउट पोष्टको एकसाथ उद्घाटन

झापा, ९ फागुन । झापामा सशस्त्र प्रहरीको ५ वटा बोडर आउट पोष्टको एकसाथ उद्घाटन भएको छ । नेपाल सरकारको सिमामा बिओपि स्थापना गर्ने निति अनुरुप आईतबार झापाको नकलबन्दाबाट एकसाथ ५ वटा विओपीको उद्घाटन भएको हो ।

नकलबन्दा सहित तिरिङ्ग, महोशपुर, पञ्थापाडा र आमगाछीमा विओपी स्थापना गरिएको छ । झापा जिल्लामा हालसम्म १७ वटा विओपी स्थापना भइसकेका छन् । विओपि स्थापनासँगै सिमा सुरक्षा थप व्यवस्थित हुनुकोसाथै मानव तस्करी, लागुऔषध ओसारपसार नियन्त्रण, चोरी पैठारी लगायत अन्य धेरै कुरामा सहज हुने बताईएको छ ।

सशस्त्र प्रहरीको विओपि स्थापनासँगै शान्तिसुरक्षामा सुधार तथा भन्सार छलि जस्ता कार्यहरुमा निरुत्साहन गर्न मद्धत पुग्ने भएकोले शसस्त्र प्रहरीलाई सदैव सहयोग गर्न जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेकोल छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);