बाजुराकाे त्रिवेणी साना जलविद्युतमा लगाएकाे ताला खुल्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाजुराकाे त्रिवेणी साना जलविद्युतमा लगाएकाे ताला खुल्याे

मदन विक
बाजुरा, ९ फागुन ।
नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा लगाएकाे ताला खुलेकाे छ ।

आइततबार नेकपा निकट ओली समूहका विद्यार्थी र युवाले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला लगाउनु गलत भएकाे निश्कर्ष निकालेपछि ताला खुलेकाे हाे । त्रिवेणी कार्यालयमा एकाएक तालाबन्दी गरेपछि कार्यालय प्रमुख दयाराम पंडित र एकजना प्रहरी हवल्दार सहित २ घण्टा कार्यालयमै थुनिएका थिए ।

मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले नेपाल विद्युत प्राधिकरणकाे कार्यालय र त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला बन्दी गरेका थिए ।

नेपाल विद्युत प्राधिकरणमा लगाएकाे ताला भने राष्ट्रिय प्रशारण लाईन सुचारु भई नियमित विधुत नआउन्जेल प्राधिकरणमा लगाएको ताला नखुलाउने अनेरास्ववियुले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);