बाजुरामा नेपाल विद्यत प्राधिकरणमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाजुरामा नेपाल विद्यत प्राधिकरणमा तालाबन्दी

बाजुरा, ९ फागुन । नेकपा ओली निकट युवा विद्यार्थीले बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र र त्रिवेणी साना जलविद्युत केन्द्रमा तालावन्दी गरेका छन् ।

आईतबार ओली निकट राष्ट्रिय युवा संघ नेपालका युवा र अनेरास्वीयुका विद्यार्थीहरुले सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएको भन्दै कार्यालयमा तालावन्दी गरेका हुन् ।

सदरमुकाम मार्तडीमा सर्वसाधारण जनताले विद्युतको उपभोग नियमित गर्न नपाएको भन्दै विद्युतका दुवै कार्यालयमा तालावन्दी गर्न बाध्य भएको अनेरास्ववियुका बाजुरा संयोजक राजिव रोकायाले बताउनु भयो । मार्तडीमा विगत २ हप्ता भन्दा लामो समय देखि विद्युतको नियमित प्रशारण भईरहेको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);