राजनीति Archives | Page 2274 of 2293 | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार
रोल्पामा माओवादी नेताको लर्को, सभामुखले भनिन्–लडाईं सार्थक भयो

सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रमा मतदान गर्नुभएको छ ।

विराटनगरमा पूर्व मन्त्रीको मतदानका लागि लर्को, ७ जना सात ठाउँमा

विराटनगर महानगरपालिकामा ७ जना पूर्वमन्त्रीले मतदान गरेका छन् । काँग्रेस नेतृ सुजाता कोइरालाले बिराटनगरस्थित आदर्श स्कुल, महेश आचार्यले जनता स्कुल र डा. मिनेन्द्र रिजालले पोखरिया स्कुल मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

मतदान गर्दै उपेन्द्र यादवले भने–म आएँ मैदानमा, राजपाले लडाईं हार्यो, अब म लिन्छु नेतृत्व

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले ‘लडाई’ गुमाएको र आफु मधेसको अधिकारका लागि मैदानमा आएको बताउनुभएको छ ।

भोट माग्दै उम्मेदवारहरु घर–घरमा

सुजन बज्राचार्य । ४ असार, संखुवासभा । असार १४ हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि संखुवासभामा निर्वाचनको माहोल तातिएको छ । राजनीतिक दलहरुको क्रियाशीलता बढेसंगैसिंगो जिल्ला चुनावमय भएको छ । उम्मेदवारहरु आ आफना एजेण्डा लिएर मतदाताको घर घरमा पुगेका छन ।

राजपा नेपाल सहमति विपरित आन्दोलनमा जानु आश्चर्यः गृहमन्त्री

४ असार, रुकुम । गृहमन्त्री जनार्दन शर्माले तेस्रो चरणको निर्वाचन मिति तराईमा आन्दोलनरत दलहरुको सहमतिमै तोकिएको बताउनुभएको छ ।

राजपा नेपालकी कोषाध्यक्ष अनिता यादव एमालेमा प्रवेश

४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराईका जिल्लामा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ ।

गोर्खाल्याण्ड आन्दोलने दार्जीलिङ अशान्त

खगेन्द्र घिमिरे । ४ असार, दार्जीलिङ । नेपाली भाषाको विषयलाई लिएर सुरु भएको आन्दोलन पुरानै ‘गोर्खाल्यान्ड’ को मागमा केन्द्रित हुँदा दार्जीलिङ क्षेत्र यतिबेला अशान्त बनेको छ । विद्यालयको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गर्ने पश्चिम बंगाल सरकारको निर्णय विरुद्ध नेपाली भाषीहरुआन्दोलनमा उत्रिएपछि दार्जीलिङ क्षेत्र तनावग्रस्त भएको हो ।

राजपा नेपालको अवरोधका बीच तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमा उम्मेद्वारी दर्ता

शोभा न्यौपाने । ४ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचनअन्र्तगत असार १४ गते हुने निवाचनका लागि आइतवार ३ सय ३४ स्थानीय तहमा पुगेर उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका छन् । उम्मेदवारहरुले आफना समर्थकहरुको साथमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन ।

निर्वाचनको मिति सारिएपछि दुई नम्बर प्रदेशका मतदाता निराश

श्याम गुप्ता । ३ असार, बारा । स्थानीय विकासका लागि आफूले चाहेको जनप्रतिनिधि चुन्न ब्यग्र प्रतिक्षामा रहेका प्रदेश नम्बर दुईका मतदाता निर्वाचन सरेपछि निरास बनेका छन । पटक पटक निर्वाचन सर्दा निर्वाचन हुन्छकि हँुदैन भन्ने द्धिविधामा परेका छन ।

तेस्रो चरणको स्थानीय तह निर्वाचन नहुने खतराः नेपाल

३ असार काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले तेस्रो चरणको स्थानीय तह निर्वाचण नहुने खतरा बढेको बताउनुभएको छ ।

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय मुर्खतापूर्णः महतो

३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आफूहरुको मग सम्बोधन नभएसम्म तराइका जिल्लामा स्थानीय तह निर्वाचन हुन नदिने बताएको छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुराः आयोग

३ असार, काठमाडौं । निर्वाचन आयोगले दोश्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयरी पुरा भएको जनाएको छ ।

देउवामाथि दाग पखाल्ने ठाउँ थियो, तर, फेरि लाग्यो अर्को दाग

तीन तहको निर्वाचन गर्ने जिम्मेवारीसहित चौंथोपटक प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको इनिङको सुरुवात नै झुर देखिएको छ । असार १४ गतेका लागि तय गरिएको २ नम्बर प्रदेशको निर्वाचन असोज २ मा सारेर देउवाले झुर सुरुवात गर्नुभएको हो । खराब सुरुवात गरेका देउवाले शतक प्रहार गर्नेमा आशंका उब्जिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा नयाँ प्रयोग होइनन् । यसअघि तीन पटक सत्ताको नेतृत्व गरिसकेका देउवाबाट आम जनताले नयाँ अपेक्षा गरेका छैनन् । तर देउवा आफैंमाथि भने चौंथोपटक पाएको प्रधानमन्त्रीको पद् विगतमा लागेको दाग पखाल्ने अवसर हो । दाग पखाल्न कति खरोरुपमा उत्रिन्छन् भन्नेमा सबैका नजिर देउवातिर गइरहेका बेला उनले भने पहिलो गासमै ढुंगा लागेको उखान चरितार्थ हुने निर्णय गरेका छन् । जिम्मेवारी सम्हालेको १० औं दिनमा देउवाले ८ सदस्यीय मन्त्रीपरिषद्को बैठकबाट असार १४ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचन अन्र्तगत २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते सारेका छन् । खासगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ नम्बर प्रदेशमा चनावी कार्यक्रम विथोल्ने गरी विरोधका कार्यक्रम गरिरहेको अवस्थामा देउवाले राजपा नेपालको इच्छा अनुसार निर्वाचन सारेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारी निर्णयलाई बिखण्डनवादी तत्वको मनोबल बढाउने कदम भनी टिप्पणी गरेको छ । २ नम्बर प्रदेशमा असार १४ गते निर्वाचन नगर्दा राष्ट्रिय एकता कमजोर हुने एमालेको भनाइ छ । दोस्रो पटक प्रधानमन्त्री भएका बेला देउवाले निर्वाचित संसद् विघटन गरी आम निर्वाचन घोषणा गरेका थिए । तर तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई निर्वाचन गर्न नसकेको भन्दै असक्षमको आरोप लगाएर पदमुक्त गरे । आफूमाथि लगाइएको असक्षमको दाग पखाल्ने सुनौलो अवसर सदुपयोग गर्नुपर्नेमा देउवाले यसपटक फेरि असक्षमको आरोप लाग्ने निर्णय लिएका छन् । आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र संघको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि अब ७ महिना मात्र बाँकि छ । वर्षायामका कारण साउन र भदौ तथा चिसोका कारण पुस र माघमा निर्वाचन सम्भव छैन । समयले निकै च्यापिसकेकाले देउवाले मिनेट मिनेटको सदुपयोग गर्नुपर्ने अवस्था छ । स्थानीय तहमा पठाइएको २ खर्ब २५ अर्ब बजेट खर्च गर्नका लागि जनप्रतिनिधि चयन गर्न तथा कर्मचारी खटाउन ध्यान केन्द्रीत गर्नुपर्ने बेला निर्वाचन आयोगले सबै तयारी पूरा गरिसकेको निर्वाचन सारेर देउवाले शतक प्रहार गर्ने मौका खेर फाल्ने संकेत गरेका छन् ।०००

झापाका मेचेलाई छोएन निर्वाचनले

खगेन्द्र घिमिरे । १ असार झापा । स्थानीय निर्वाचनको माहोलले झापाका सबै क्षेत्रमा उत्साह ल्याए पनि यहाँ बसोबास गर्ने मेचे जातीलाई भने चुनावको रौनकले अहिलेसम्म छुन सकेको छैन । झण्डै दुई दशकपछि हुन लागेको निर्वाचनमा कस्ता ब्यक्तिलाई मत दिने भन्ने कुरो त परै जाओस मत कसरी हाल्ने भन्नेमा पनि मेचे जातिका मानिसहरु अनभिज्ञ देखिन्छन ।

स्थानीय तह निर्वाचनको मिति नसार्न सरकारलाई एमालेको चेतावनी

१ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको मिति सार्ने विषयमा सहमति जनाउन नसकिने स्पष्ट पारेको छ ।

राजपाकै लागि निर्वाचनको मिति सार्नुप¥योः पौडेल

१ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन सक्दो प्रयास गरिएको बताउनुभएको छ ।