विराटनगरमा पूर्व मन्त्रीको मतदानका लागि लर्को, ७ जना सात ठाउँमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विराटनगरमा पूर्व मन्त्रीको मतदानका लागि लर्को, ७ जना सात ठाउँमा

विराटनगर महानगरपालिकामा ७ जना पूर्वमन्त्रीले मतदान गरेका छन् । काँग्रेस नेतृ सुजाता कोइरालाले बिराटनगरस्थित आदर्श स्कुल, महेश आचार्यले जनता स्कुल र डा. मिनेन्द्र रिजालले पोखरिया स्कुल मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

विराटनगरमा पूर्व मन्त्रीको मतदानका लागि लर्को

काठमाण्डौ विराटनगर महानगरपालिकामा ७ जना पूर्वमन्त्रीले मतदान गरेका छन् । काँग्रेस नेतृ सुजाता कोइरालाले बिराटनगरस्थित आदर्श स्कुल, महेश आचार्यले जनता स्कुल र डा. मिनेन्द्र रिजालले पोखरिया स्कुल मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले बिराटनगरको डिग्री क्याम्पसमा मतदान गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले जमुनगाछी मतदान केन्द्रमा मतदान गर्नुभएको छ । पूर्वमन्त्री लालबाबु पण्डित र गोपी अछामीले पनि विराटनगरमै मतदान गर्नुभएको छ ।

कांग्रेस नेता शेखर कोइरालाले विराटनगर महानगरपालिकाको आदर्श विद्यालय केन्द्रमा मतदान गर्नुभएको छ । कांग्रेसका पूर्वमहामन्त्री केवी गुरुङले इलामको बालमन्दिर केन्द्रमा मतदान गर्नुभएको छ ।

नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रमा तथा पूर्व सभामुख एवं एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले इलाम नगरपालिका ७ को आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);