देश/समाज Archives | Page 1928 of 1938 | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८३, सोमबार
दश दिन पनि टिकेन कालोपत्रे

पुष्कर भट्ट । १ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड न. १२ स्थित ऐरी–ओदाली सडक बन्दा बन्दै भत्किएको छ । ऐरी–ओदाली गाँउका स्थानीयले सडक गुणस्तरहिन भएको भन्दै बिरोध समेत गरेका छन् । धेरै समय पछि आफनो गाउटोलमा कालोपत्रे सडक बन्दा खुसी भएका स्थानीय अहिले बन्दा बन्दै सडकको कालोपत्रे उप्किन थालेपछि भने दुखी भएका छन् ।

आन्दोलनको रापमा सेकिएको विराटनगरको आँपखेति

शशीशेखर घिमिरे,१ असार,विराटनगर
तराईमधेसमा भईरहेको आन्दालेनको कारण विराटनगरका आँप खेती कृषक मारमा परेका छन । आफनो माग सरकारले सम्वोधन नगरेको भन्दै आन्दोलीत राष्टिय जनता पार्टी नेपालको

भू–माफियाको चलखेल

राकेश यादव । ३१ जेठ, रौतहट । रौतहतबासीको धरोहरको रुपमा रहेको गौर राइस मिलको जग्गा बिक्री गर्न भू—माफियाहरु सलबलाउन थालेपछि रौतहतका स्थानीयहरुले त्यसको घोर विरोध उत्रिएका छन । जग्गा अधिग्रहणका लागि रौतहटबासीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

स्थानीय तहका निर्वाचित प्रतिनिधि स्रोतको ख्यालै नगरी बृद्धभत्ता बढाउने होडबाजीमा

१८ जेठ, काठमाडौं । स्थानीय तहहरुबीच वृद्ध भत्ता बढाउने होडबाजी देखिएको छ । खासगरी नेकपा एमालेले प्रमुख पद जितेका स्थानीय तहबीच वृद्ध भत्ता बढाउने होडबाजी देखिएको हो । सरकारले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ताका नाममा मासिक २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएकामा स्थानीय तहका प्रमुखहरु लोकप्रियता हासिल गर्ने होडमा थप भत्ताको घोषणातिर लागेका छन् ।

पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार

१७ जेठ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार पारेको छ ।

सैनामैना नगरपालिकामा वालक्लवको अभिमुखिकरण

चन्द्रकान्त खनाल
१२ जेठ, रुपन्देही ।
जेठसैनामैना नगरपालिको सहयोगमा लुम्बिनी ग्रामिण विकास परिषद्को आयोजनामा सैनामैनाको मुर्गियामा ‘नगरपालिका स्तरिय वालक्लवहरुको लागि अभिमुखिकरण तथा प्रशिक्षण ’कार्यक्रम सुरु भएको छ । कार्यक्रमको

उखु पेलेर गुड उत्पादन गरेर आम्दानी गर्दै

पुष्कर भट्ट,८ जेठ कञ्चनपुर ।
कञ्चनपुर जिल्लाको महाकाली नदी पारीको महाकाली नगरपालकिाका अधिकाशं स्थानीय बासीन्दाहरु उखु पेलेर गुड उत्पादन गरेर आम्दानी गर्दै आईरहेका छन । महाकाली नगरपालीकाका कृषकहरु अहिले कुल खेती योग्य

दुर्घटनामा दुईको मृत्यू ,पाँच गम्भीर

श्याम गुप्ता, ६ जेष्ठ बारा ।
बाराको आधारबारमा शनिवार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यू भएको छ । पाँच जनाको अवस्था भने गम्भीर रहेको छ । अन्य पन्द्र जना सामान्य घाईते भएका छन् । निजगढ हेटौंडा सड्क खण्ड अन्तरर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित राजश्व

सिन्धुलीको ग्वल्टारमा चारदिन देखि गाउँभरी झाडापखला प्रकोप

सिन्धुली ६, जेठ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा चार दिन देखि झाडापखलाको प्रकोप देखिएको छ । गाउँका ७० भन्दाबढीमा झाडापखलाको कारण विमारी परेका छन् । चारदिन देखि लगातार झाडापखला प्रकोपको रुपमा देखा पर्दा गाउँका ७० जनाभन्दाबढी सिकिस्त बनेको ग्वाल्टार स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र

असिना पानीले विद्युत अवरुद्ध

हरि प्रसाद भण्डारी,३० बैशाख प्यूठान ।
अविरल वर्षासंगै परेको असिनाको कारण उत्तरी प्यूठानको विद्युत सेवा अवरुद्ध भएको छ। गौमुखी गाउँपालिका ३ रजवाराका ३ वटै लघु जलविद्युत योजनाका भौतिक संरचनामा क्षेति पुगेकाले ९ सय घरपरिवारले प्रयोग गर्दै आएको लघु विद्युत अवरुद्ध भएको हो ।

यार्सा चोर निगरानीमा २ सय बढी युवा परिचालन

मेगराज खड्का
२९, बैशाख रुकुम ।
रुकुम जिल्लाको पूर्वी क्षेत्रमा पर्ने पुथाउत्तरंगा गाउँपालिकाको विभिन्न बुकी तथा पाटनमा पाइने यार्सा टिप्न सुरुसार थालिएको हो । साबिकको रन्मामैकोट गाविसको पुपाल, अरविजा, जंगला, पूर्वाङलगायत ठाउँमा यार्सा

निर्वाचनमा गाडीको प्रयोग भएपछि उत्तरी धादिङ जाने यात्रु अलपत्र

शिखा श्रेष्ठ, २८ बैशाख धादिङ ।
स्थानिय तह निर्वाचनको चुनावी प्रचारप्रसारका लागी गाडीको प्रयोग भएपछि उत्तरी धादिङ जाने यात्रुहरु अलपत्र परेका छन् । स्थानिय तह निर्वाचन आउन ३ दिन मात्र वाँकी रहँदा ग्रामीण क्षेत्रमा चल्ने गाडीहरु चुनावी प्रचार

आज २५६१ औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरि मनाईंदै

आज २५ सय ६१औँ बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम गरि भगवान गौतम बुद्धको सम्झना गरिदै, बुद्ध जन्मस्थल लम्बिनिमा विशेष समारोहको आयोजना हुँदै

माओवादी केन्द्र– एमाले झडपमा एकको मृत्यु

दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् ।

इलाम सहित देशैभर बुद्ध जयन्ती मनाइँयो

टीका खतिवडा, २७ बैशाख ,ईलाम ।
आज इलाम सहित देशैभर २५६१ औँ बुद्ध जयन्ती मनाइँदै छ । वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् बुद्धप्रति आस्था प्रकट गरी यो जयन्ती मनाइँदैछ । जिल्लाका गुुम्वा तथा बौद्ध धार्मिक स्थानहरुमा भेला भएर बौद्ध धर्मावलीहरुले यो पर्व मनाउने गर्दछन् ।

आज ६६ औं कानून दिवस मनाईंदै

आज ६६ औं कानून दिवस मनाईंदै

२६ बैशाख, काठमाण्डौ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चता, कानूनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्न सबैले यथोचित प्रयास गर्नुपर्ने बताउनुभएको छ ।
६६ औं कानून दिवसको अवसरमा मंगलबार शुभकामना दिंदै प्रधानन्यायाधीश कार्कीले संवैधानिक सर्वोच्चता, कानूनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्न सबैले यथोचित प्रयास गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले कानून दिवसले सबैमा कानूनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवं राष्ट्रसेवामा जुट्ने प्रेरणा प्रदान गर्ने आफ्नो शुभकामना मन्तव्यमा उल्लेख गर्नुभएको छ । प्रधान न्यायालय ऐन २००८ लागू भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गतेका दिन कानून दिवस मनाउने गरिएको छ ।