मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

काठमाडौं। मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता अपनाउन मेलम्ची खानेपानी विकास समितिले आग्रह गरेका छ। एक सूचनामार्फत समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सुरु भएकाले पानीको बहाव घटबढ हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो । सुरुङ प्रवेश मार्गबाट जुनसुकै समयमा पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह  गरेको समितिले जनाएको छ । यस्तै उक्त स्थानहरूमा माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन समेत सूचित गरिएको छ ।

सरकारले पुसमै मेलम्चीकाे पानी काठमाडाैंवासीलाई खुवाउने घाेषणा गरेकाे थियाे । साेहीअनुसार मेलम्ची सुरुङमा पानी छाडिएकाे छ ।

Leave a Reply